कुनै पनि स्थानीय निकायमा प्रमुखको रुपमा प्रमुख प्रशासकीय अधिकृत हुन्छन। ०७४ सालअगाडि करिब बिस वर्ष स्थानीय तहमा यिनै अधिकृतहरुले शासक भएर काम गरेका थिए ।स्थानीय तहको निर्वाचन भएपछि भने उनीहरुको भुमिका केही फेरिएको हो तर जिम्मेवारी भने उस्तै छ । तर, अहिले स्थानीय तहमा केही गलत भइ नै हाल्यो भने उनीहरुको नाउँ आउदैन । जननिर्वाचित व्यक्तिहरुको नाउँ आउछ र उनीहरु दोषी हुने गर्दछन । त्यही भएर पनि जिम्मेवारीको हिसावले कुनैपनि स्थानीय तहको प्रमुख नै जस अपजसको भागीदार हुने गर्दछ ।

तैपनि फेरि बारा, पर्सा सहितका तराई मधेस वा अन्य जिल्लामा हेरियो भने यही प्रमुख प्रशासकीय अधिकृतमाथि बढी राजनीति भइरहेको देखिन्छ । यी अधिकृतहरु पनि राजनीतिमा बिक्ने गरेको पनि देखिन्छ । जहाँ गएपनि जनताको सेवा गर्ने हो भन्ने भावनाभन्दा पनि कता बढी कमाउन सकिन्छ भन्ने धेय यिनीहरुमा देखिन्छ र यसको फाइदा राजनीति दलहरुले लिइरहेका छन ।

जस्तो बाराको जीतपुरसिमराकै कुरा गर्ने हो भने हाल रहेकी प्रशासकीय अधिकृत फेरिहाल्न पर्ने अवस्था पनि थिएन । ल, फेरिए पनि फेरि पुरानै व्यक्तिलाई ल्याउन पर्छ भन्ने पनि थिएन । यहाँ सबैको स्वार्थमा प्रशासकीय अधिकृतहरु रहँदा र राजनीति हुँदा त्यसको सिधा असर भने स्थानीय तहका जनतामा पर्ने गरेको छ । समय नपुग्दै प्रशासकीय अधिकृत फेरिदा त्यसले असर गर्छ त्यो जनतामा नै बढी भार पर्ने गर्छ । सबैको स्वार्थले गर्दा स्थानीय तह बेला पनि भइरहेको हो ।

 

 

Leave a Reply