अहिले बारा र पर्सा क्षेत्रमा कोरोना भाइरसविरुद्धको विशेष खोप अभियान संचालन गरिएको छ । कोरोनाको नयाँ भेरियन्ट आएको खबरसंगै सरकारले आम नागरिकहरुलाई जोगाउन भन्दै फेरि पनि कोरोनाविरुद्धको विशेष खोप अभियान संचालन गरेको छ । हुन त यो खोप अभियान पहिलो होइन र अन्तिम पनि नहोला तर यो खोप अभियानको अर्थ छ ।

त्यसैले पनि यो खोपको सबैले सदुपयोग गर्न आवश्यक छ । यो खोप अभियानले कोरोनाविरुद्धको लडाइमा साथ दिने छ । कोरोनाविरुद्धको लडाइमा खोपले कत्ति साथ दिने छ भन्ने कुरा त यसै प्रमाणित भएको छैन तर केही न केही हदसम्ममा त सफलदता मिल्ने छ यो सत्य कुरा हो ।

खोपको बुष्टर डोजको पनि कुरा उठेको छ । अब लकडाउन गरेर वा यस्तै हर्कत गरेर समस्या समाधान हुने छैन । बरु कोरोनाबाट जोगिदै खोपलाई सदुपयोग गर्नु पर्ने दायित्व सबैमा देखिन्छ । सरकारले संचालन गरेको खोप अभियान आफूहरुका लागि नै हो भन्ने ठानेर नागरिकले यसको सदुपयोग गर्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here