कृपा संंवाददाता
निजगढ, २९ कार्तिक । नेपाल फोटो पत्रकार महासंघ बाराले पत्रकार चन्द्रकिशोरलाई शुक्रबार निजगढमा सम्मान गरेको छ । खोज पत्रकारिताकेन्द्र नेपालको अध्यक्ष पदमा हालै चयन हुनु भएका चन्द्रकिशोरलाई महासंघले एक कार्यक्रमका बिच सम्मान गरेको हो ।
महासंघका अध्यक्ष श्रेष्ठले अध्यक्ष चन्द्रकिशोरको सफल कार्यकालको लागि शुभकामना सहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष चन्द्रकिशोरले सम्मानको लागि नेपाल फोटो पत्रकार महासंघ बारालाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा पत्रकार प्रकाश लम्साल, रेशम तिवारी, लक्ष्मी साह, महेश्वर अधिकारी, उमेश सुनार, नेपालपत्रकार महासंघ बारा अध्यक्ष कमलकुमार उपाध्यायलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।
नेपाल फोटो पत्रकार महासंघ बाराका अध्यक्ष जीतलालश्रेष्ठको अध्यक्षमा भएको सो कार्यक्रमको सञ्चालन पत्रकार दिवाकर भण्डारीले गर्नुभएको थियो । निजगढ स्थित सगरमाथा साकोसको सभा हलमा भएको सो कार्यक्रममा कार्यक्रममा स्थानीय बुद्धिजिवी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।