अनिल तिवारी
बारा – बाराको सिमरामा प्रहरी र स्थानिय बिच एक दिने बृहत सार्वजनिक संवाद कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय सिमराको सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सहज परियोजनाको सहयोगमा सिमरामा यो कार्यक्रम सम्पन्न भएको हो । जीतपुरसिमरा उपमहानगरपालिकामा देखिएको सुरक्षा चुनौतीका साथै महिला हिसां, लागु औषध नियन्यण अभियानलाई थप प्रभावकारी बनाउन यस कार्यक्रमको आयोजना गरीएको सहयोगी सहज परियोजनाले जनाएको छ ।

 

 

 

संवाद कार्यक्रममा उपस्थित स्थानियहरुले पछिलो समय जाँडरक्सि खाएर गुन्डा गिरी गर्नेको संख्यामा बृद्धि भएको, स्थानिय तहका साथै प्रहरीले समाजमा कानुन कार्यन्यन गराउन नसकेको प्रति स्थानिय जननिर्वाचित प्रतिनिधी र सुरक्षा निकायको ध्यानाकर्षण गराएका थिए । यसैगरी कार्यक्रममा बोल्दै जीपतुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा. कृष्ण पौडेलले नगरपालिका सबै खालका कुरिती, विकृती विसंगतीलाई हटाउन योजना बद्ध रुपमा अगाडी बढेको बताउनभएको थियो ।

 

 

 

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै बाराका प्रमुख जील्ला अधिकारी फणिन्द्रमणि पोखरेलले सबैले आ आफ्नो स्थानाबाट सरकारलाई सहयोग गरे मात्र कुनैपनि सरकारले गरेको कामले पुर्णता पाउने बताउनुभएको थियो । संवादमा उठेका जिज्ञासाको जवाफ दिदै बाराका प्रहरी उपरिक्षक विकासराज खनालले प्रहरी समाजको अभिन्न अंग रहेको बताउदै आफुहरु समाज भन्दा बाहिर गएर कुनै काम गर्न नसक्ने जानकारी दिनुभयो ।

 

 

 

 

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबी चौधरीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोविन्द पुरी, होटल ब्यवसायी संघ बाराका संयोजक मोहन शर्मा लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply