नेपाली काग्रेस यो मुलुकको सबैभन्दा पुरानो पार्टी हो । कांग्रेसले यो मुलुकमा आफूलाई सबैभन्दा लोकतान्त्रिक पार्टी पनि भन्ने गर्दछ । उसले लिएको नीतिको सवालमा पनि यस्तो होला नै तर कांग्रेसभित्रको आन्तरिक प्रजातन्त्र भने कति बलियो छ भन्ने कुरा महत्वपूर्ण हो । नेपाली कांग्रेसको पनि चौधौं महाधिवेशन हुदैछ ।
अबको दुई दिनपछि कांग्रेसको महाधिवेशन हुदैछ । कांग्रेसले अरु पार्टीमा लोकतन्त्रको कुरा धेरै गर्ने गर्दछ । भर्खर सकिएको एमालेको महाधिवेशनका बिषयमा कांग्रेसका नेताहरुको कडा नै टिका टिप्पणी आइरहेको थियो । त्यसैले पनि कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई पनि सबैले नजिकबाट हेरेका छन् । र फेरि पनि हेर्ने मौका पाउने छन ।
कांग्रेसमा पनि आन्तरिक लोकतन्त्र बलियो भएको जस्तो देखिदैन । पार्टीको सभापतिमा धेरै वर्षसम्म एउटै व्यक्ति (शेरबहादुर देउवा) बसेको उदाहरण पनि छ । यसैका बिषयमा पनि अहिले चर्को बहस कांग्रेसमा छ तर फेरि पनि देउवाकै निरन्तता हुने पो हो कि भन्ने पनि केहीलाई लागेको छ । यसैले पनि कांग्रेसको महाधिवेशनमा आन्तरिक लोकतन्त्रको अभ्यास होेस् ।