अब चालू आर्थिक वर्ष २०८०-८१ सकिनै लागेको छ। भोलि बिहानको सूर्योदयसंगै नयाँ आर्थिक वर्ष शुरु हुनेछ । आज यो आर्थिक वर्षको अन्तिम दिन । चालू आर्थिक वर्षको ११ महिनासम्ममा देशको अर्थतन्त्रको स्थितिलाई हेर्दा बाह्य क्षेत्रको स्थिति सुधारोन्मुख देखिएको छ।जस्तै– वस्तु व्यापार घाटा १ दशमलव ७ प्रतिशतले घटेर १ खर्ब ३१४ अर्ब ४४ करोड रुपियाँमा सीमित भएको छ। त्यस्तै विदेशी विनिमय सञ्चिति २७ दशमलव ८ प्रतिशतले वृद्धि भई १९ खर्ब ६७ अर्ब १९ करोड रुपियाँ पुगेको छ भने विप्रेषण आप्रवाह १९ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब २७ अर्ब ५१ करोड रुपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सरकारको चालू खाता २ सय अर्ब ३९ करोड रुपियाँले बचतमा रहेको छ।

खासमा अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ७९ अर्ब ५३ करोडले घाटामा रहेको थियो। त्यस्तै शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपियाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोड रुपियाँले बचतमा रहेको थियो। आर्थिक वर्ष २०८०-८१ को ११ महिनामा कुल वस्तु आयात १ दशमलव ८ प्रतिशतले घटेर १४ खर्ब ५३ अर्ब ७० करोड कायम भएको छ ।उल्लिखित तथ्यांकले देशको अर्थतन्त्र सुदृढ भएको भन्ने प्रचार पनि भएको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्रमा आमूल सुधार ल्याएको भन्दै ब्रान्डिङ गर्ने कार्य पनि संसदमा प्रस्तुत गरिएको थियो। उल्लिखित तथ्यांकलाई मात्र हेर्दा अर्थतन्त्रमा सुधार भएकै हो।तर अझैपनि अपेक्षाकृत सुधार भएको छैन । यही बीचमा सरकार पनि फेरिएको छ । सरकार फेरिएपछि अर्थमन्त्री पनि नयाँ आउने पक्का छ अब लय नबिग्रियोस् अर्थतन्त्रको जनताको यही चाहना छ ।

Leave a Reply