सिमरा,बाराको सिमरास्थित जगदम्बा स्टिल उद्योगका एक सरसफाइकर्मी मजदुरको ट्रकले किचेर मृत्यु भएको छ ।किराखेको प्रदेश ०२–०३–००१ ख ५९६ नम्बरको ट्रकको छेउमा काम गरिरहेको अवस्थामा सोही गाडीले किचेर स्थानीय २३ वर्षीय उज्ज्वल कार्कीको ज्यान गएको हो ।कार्की जीतपुरसिमरा वडा नं २ का बासिन्दा हुन् । कार्कीसँगै रहेका एक जनाले भने भागेर ज्यान जोगाएका छन् । इलाका प्रहरी कार्यालय सिमराले गाडी चालक र सहचालकलाई नियन्त्रणलाई लिएको छ ।ईप्रका सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेका चालकको विषयमा थप अनुसन्धान भइरहेको बताउनुभएको छ । कार्कीको मृत्यु लगत्तै सिसी क्यामरा फुटेज पनि सार्वजनिक भएको छ । फेटेजमा बसिरहेको अवस्थामा ट्रकले कार्कीलाई किचेको र अर्का व्यक्तिले भने भागेर ज्यान जोगाएको दृश्य कैद भएको छ ।

Leave a Reply