नरेश गुप्ता

बरियारपुर,सशस्त्र प्रहरी बल १२ नम्बर गणको टोलीले भन्सार छलीका जुत्ता चप्पलसहित म्याजिक भ्यान नियन्त्रणमा लिएको छ ।

प्रहरीले कलैया उपमहानगरपालिका वडा नम्बर २३ मोतिसरचोकमा बुधबार भन्सार छलेर भारतबाट ल्याउदै गरेको अवस्थामा अवैध जुत्ता चप्पल बोकेको म्याजिक गाडी नियन्त्रणमा लिएको हो ।

सशस्त्र बल नेपाल जिल्ला सुरक्षा बेश कलैयाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक विशम्भर पासवानको कमाण्डमा खटेको टोलीले चेकजाँचको क्रममा बिल बिजक नभएको अन्दाजी ११ लाख ६ हजार मूल्य बराबरका विभिन्न किसिमका जुत्ताहरुसहित र अन्दाजी ६ लाख मूल्य बराबरको म्याजिक गाडी बरामद गरिएको सशस्त्र प्रहरी बल १२ गणको सूचना अधिकारी निरन्जन भण्डारीले जानकारी दिनु भयो । नियन्त्रणमा लिइएको भन्सार छलीका सामानसहित म्याजिक भ्यानलाई आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here