सिमरा,पथलैया–वीरगन्ज व्यापारिक मार्गअन्तर्गत वीरगञ्ज महानगरपालिकाले परवानीपुरमा राखेको राँगाको मूर्ति केही स्थानीयले भत्काएका छन् । सडक सौन्दर्यकरण कार्यक्रम अन्तर्गत वीरगञ्ज महानगरपालिकाले करिब एक महिनाअघि राखेको उक्त मूर्ति स्थानीयले भत्काएका हुन् ।महानगरपालिकाले उक्त मूर्ति राखेलगत्तै स्थानीयले विरोध गर्दै आएका थिए । हनुमान मन्दिर नामले परिचित उक्त चोकमा राँगाको मूर्ति राखिएको भन्दै स्थानीयले असन्तुष्टी जनाउदै आएका हुन । असन्तुष्ट स्थानीयले महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई समेत मूर्ति हटाउन ध्यानाकर्षण गराएका थिए । यता मूर्ति भत्काएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मूर्ति भत्काउन संलग्न अन्यको खोजी भईरहेको पर्सा प्रहरीले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here