कृपा संवाददाता
हेटौंडा, ५ मंसिर । अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा स्थित कार्यालयले आज नेपाल विधुत प्राधिकरण कलैयाँ वितरण केन्द्रका एक जना कर्मचारीलाई घुस रकम सहित पक्राउ गरेको छ । कलैया वितरण केन्द्रमा कार्यरत इलेक्ट्रीसियन हेल्पर राजदेव महतो कोइरीलाई ९ हजार रुपैयाँ घुस रकम सहित पक्राउ गरिएको अख्तियारको हेटौंडा कार्यालयले जनाएको छ । विधुत मिटर जडान गर्ने सिफारिस गरिदिन्छु भन्दै सेवाग्राही संग घुस रकम लिने राजदेवलाई पक्राउ गरिएको हो ।