दुष्यन्त चौधरी
कलैया – ईलाका प्रहरी कार्यालयका टोलीले विशेष सुचनाका आधारमा मल खाद कालोबजारी गर्नेलाई पक्राउ गरेको छ । शुक्रबार बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर २ स्थित माँ गायत्री खाद भण्डार पसलमा ना.६ त ७३६८ नम्बरको ट्रयाक्टरमा मलखाद लोडगरि ल्याई कालो बजार गर्नको लागि लुकाई छिपाई अनलोड गरिरहको सुचनाका आधारमा प्रहरीले बरामद गरेका बारे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिए ।

 

ईलाका प्रहरी कार्यालय प्रसौनिबाट खटिएको प्रहरी टोलीले ४० बोरा मलखाद अनलोड गरिसकेको अवस्थामा फेला पारी ट्रयाक्टर रितपुर्वक खानतलासी गर्दा अनलोड गरिसकेको ४० बोरा युरिया मल र उक्त ट्रयाक्टरमा लोड गरी राखेको १० बोरा युरिया मल, डि.ए.पि.मल ३० बोरा र सलफेट मल १० बोरा गरी जम्मा ९० बोरा मलखाद बरामद गरेका बारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले बताए । बरामद गरेको ट्रयाक्टर चालकको साथमा रहेको अतिथि कृषि सहकारि संस्था लि.प्रसौनी–६ बाराको नाउँको मल खरिद गरेको बिल दुई थान र माँ गायत्री खाद भण्डार प्राईभेट फर्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी समेत बरामद गरेको जनाए ।

 

 

बरामद गरी बरामद मल सम्बन्धमा बुझ्दा साल्ट ट्रेडिङ कार्पोरेसन लिमिटेड बीरगंजबाट अनुदानमा अतिथि कृषि सहकारी संस्था लिमिटेड प्रसौनी–६ बाराको नाममा बिक्रि भएको प्रहरी नायब उपरिक्षक मिश्रले बताए । उक्त मल खाद कालो बजारी गर्ने उदेश्ये अतिथि कृषि सहकारी संस्था लि.प्रसौनी–६ बाराका संचालकले बिक्रि गरेको तथा माँ गायत्री खाद भण्डारका संचालकले खरिद गरी ल्याएको बुझिन आएको हुँदा माँ गायत्री खाद भण्डारका संचालक बिश्रामपुर गाउँपालिका वडा नम्बर.२ बस्ने महेन्द्र साह तेली र उक्त ट्याक्टर चालक रामबाबु पंडितलाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार आवश्यक कारवाही भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here