वीरगन्ज,वीरगंजका संचारकर्मीहरुको एक टोलीले सोमबार वीरगंज महानगरपालिकाका सूचना अधिकारी अरबिन्दलाल कर्णसँग सूचनाको हक सम्बन्धी ऐन अनुसार सुचना माग गर्दै निवेदन दर्ता गराएका छन । प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारीको नेतृत्वमा पुगेका पर्सेली पत्रकारहरुले वीरगन्ज महानगरपालिकाको सामाजिक विकास महाशाखाबाट भएका काम कारवाहीको विवरण माग गरेका छन् । सूचनाको हक सम्बन्धि विभिन्न धाराहरुलाई उल्लेख गर्दै कानून सम्मत रुपमा निवेदन दर्ता भएको हो । निवेदन बुझ्दै सूचना अधिकारी कर्णले आफूले माग भएका सूचना र विवरणहरु कानून सम्मत अबिलम्ब उपलब्ध गराउने विश्वास दिलाउनुभएको थियो । निवेदनमा वीरगन्ज महानगरको विभिन्न वडाहरुमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गर्ने संस्थाहरुको नाम विवरण, संस्था दर्ता प्रमाण पत्र (कम्पनीको हकमा कम्पनीदर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियमावली), प्यान दर्ता प्रमाण पत्र, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाण पत्र, प्रस्तावना पत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएको सम्झौता पत्र, सुचीकरण, विनियोजित रकम लगायत कानुनले स्पष्ट गरेका कागजात, सम्पन्न भइसकेका सार्वजनिक सुनुवाई कार्यक्रमहरुको आर्थिक प्रतिवेदन, बिल भौचर र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि माग गरिएको छ ।

त्यसैगरी आ.व.०७७ श्रावणदेखि हालसम्मको अवधिमा कुन कुन संस्थालाई कुन कुन परियोजना वा प्रयोजनका लागि कार्यक्रमहरु प्रदान वा सम्झौता गरिएका छन् सो कार्यक्रम र संस्थाहरुको नामावली सहित कार्यक्रम प्राप्त गरेका संस्थाहरुको दर्ता प्रमाण पत्र (कम्पनीको हकमा कम्पनी दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र नियमावली), प्यान दर्ता प्रमाण पत्र, लेखा परीक्षण प्रतिवेदन, कर चुक्ता प्रमाण पत्र, प्रस्तावना पत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएको सम्झौता पत्र लगायत सम्पन्न भइसकेका कार्यक्रमहरुको आर्थिक प्रतिवेदन, बिल भौचर र अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि माग गरिएको छ भने वीरगन्ज महानगरको ३२ वटै वडाहरुको प्रोफाईल प्रयोजनका लागि वृत्त चित्र (डकुमेन्ट्री) निर्माण गर्न कुन संस्थालाई जिम्मा दिइएको वा सम्झौता गरिएको हो सो को प्रस्तावना पत्र, वीरगंज महानगरपालिकाद्वारा गरिएको सम्झौता पत्र लगायत अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपि, पत्रकारिता क्षेत्रसँग सम्बद्ध संघ संस्थाहरुको नाममा विभिन्न कार्यक्रम संचालन वा अनुदानकोरुपमा लिइएको रकम र त्यसको प्रगति विवरण लगायत अन्य आवश्यक कागजातहरुको प्रमाणित प्रतिलिपिसमेत माग गरिएको छ । सो अवसरमा इकोनोमिक जर्नालिष्ट एशोसिएसनका राष्ट्रिय अध्यक्ष विजय कुशवाहा, तराई मिडिया एशोसिएसनका अध्यक्ष जितेन्द्र साह, जनता टेलिभिजनका संजीव मिश्रा, कान्तिपुर दैनिकका भूषण यादव, प्रेस मन्च नेपालका वरिष्ठ उपाध्यक्ष श्याम कुशवाहा, मध्य नेपाल सन्देशका जियालाल साह, राससका सफल खतिवडा, नेपाल टेलिभिजनका आरोहण साह, आवाज एफ.एम.का राकेश साह लगायतका संचारकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave a Reply