निजगढ,निजगढ ७ स्थितनेत्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलबहादुर अस्थानीले प्रधानाध्यापक पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको छ ।
प्रधानाध्यापक अस्थानीले सोमवार राति समाजिक सञ्जल फेसबुकबाट स्टाटस लेख्दै पदबाट मुक्त भई विद्यालयको कुनै पनि प्रशासकीय भूमिकामा नरहेको जानकारी गराउनुभएको हो ।‘आजकै मितिबाट विद्यालयको प्रशासकीय भूमिकामा नरहेको जानकारी गराउँछु, उहाँले अगाडि लेख्नुभएको छ, मैले मेरो कार्यकाललाई हरसम्भव सफल बनाउन कोसिस गरे । सो क्रममा मलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्ण सहकर्मी शिक्षक स्टाफ, विद्यालय व्यवस्थापन समितिका सदस्य, हितैषी साथीभाइ र अभिभावकलगायत सम्पूर्णमा आभार व्यक्त गर्न चाहन्छु ।’
शिक्षक सेवा आयोगबाट सर्लाही जिल्लामा माध्यमिक तहको शिक्षक पदमा स्थायी नियुक्त भएपछि सरुवा भएर निजगढ आउनुभएका शिक्षक अस्थानी ०७४ असार २३ गतेदेखि सो विद्यालयको प्रधानाध्यापकको पदमा रहेर जिम्मेवारी निर्वाह गर्दैआउनुभएको थियो ।शिक्षक अस्थानी निजगढमा एक कुशल र इमान्दार प्रधानाध्यापकको रुपमा चिनिदैआउनुभएको छ ।

















