नेपाल कोरोनाबाट आक्रान्त भएको पनि अब त लमो समय भइसक्यो । कोरोनाबाट बच्नका लागि के गर्नुपर्छ भन्ने कुराको सामान्य जानकारीको सवालमा अब कोही अनभिज्ञ छन् भन्ने पनि देखिदैन । भर्खर बारा र पर्साका नागरिकहरुले समेत नराम्रोसँग कोरोनाको दोश्रो लहर झेल्न परेकै हो । ठूलो मानवीय क्षति पनि भएको छ तर यो क्षतिबाट जोगिनका लागि जेजति प्रयास भए ती सबै प्रर्याप्त हुन सकेनन् ।

फेरि विज्ञहरुले तेश्रो लहरको चेतावनी दिइरहेका छन् । यस्तो अवस्थामा अब पनि सर्वसाधारणहरुले कुरा बुझेर पनि नबुझ्ने काम गर्ने हो भने यसले तिम्ताउने क्षतिको सवालमा सरकारले केही गरेन भन्ने ठाउँ रहने छैन । मास्क लगाउनका लागि सरकारले प्रत्येक पटक अनुरोध गर्दै आइरहेको छ ।

तर, अहिले आम नागरिकहरुले यस बिषयमा कम चासो दिएको पाइएको छ । बजारमा हिड्ँदा, भीडभाडमा हिँड्दा वा यात्रा गर्दा मास्क लगाउनु पर्दछ । मास्कले आफू र अरुलाई समेत सुरक्षा दिइरहेको हुन्छ । यो बिषयमा अब पनि बुझेर पनि बुझ पचाउने काम गरियो भने यसले आफैलाई हानी पु¥याउने निश्चित छ ।

 

 

Leave a Reply