वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका प्रहरी इकाइहरूले विशेष सूचनाको आधारमा मंगलवार विभिन्न स्थानहरूबाट भन्सार छली गरी ल्याइएका सामानहरू बरामद गरेका छन्। सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार बरामद सामानको अनुमानित मूल्य रु ५६ लाख ४६ हजार ४ सय २९ रहेको छ।

प्रहरीले श्रीपुर प्रहरी चौकी, श्रीसिया, इलाका प्रहरी कार्यालय लंगडी लगायतका स्थानहरूमा छापा मारेर विभिन्न प्रकारका इलेक्ट्रोनिक्स, खुद्रा सामान, खाद्यान्न, सुर्ती, चप्पल लगायतका सामग्री बरामद गरेको हो।प्रहरीले भन्सार छली तथा चोरी पैठारीमा संलग्नहरूलाई कानूनी कारबाही अगाडि बढाउने जनाएको छ। पछिल्लो समयमा पर्सा क्षेत्रमा भन्सार छलीका घटनाहरू बढ्दै गएको भन्दै प्रहरीले निगरानी कडा बनाएको बताइएको छ।

Leave a Reply