वीरगन्ज,वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सुखचैनामा रहेको श्री गीता गजेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीहरुले सोमबार सडकमा प्रदर्शन गरेका छन् । त्रिभुवन राजमार्गमा पर्ने परवानीपुर चोकमा विद्यार्थीहरुले सोमबार बिहान ११ बजेदेखि प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् ।

केही समयदेखि विद्यालयका शिक्षकहरु नियमति रुपमा विद्यालयमा नआएको, विद्यालयका विद्यार्थीहरुको समस्यामा विद्यालय व्यवस्थापन समितिले वास्ता नगरेको, शिक्षकहरु विद्यालयमा नआउँदा पढाइ अवरुद्ध हुदै आएकाले आन्दोलित हुनुपरेको विद्यार्थी अलि असगरले बताउनुभयो ।

विगत लामो सयमदेखि विद्यार्थीहरु विद्यालयमा पुग्दा शिक्षकहरु विद्यालय नआएपछि कक्षा नै नगरी फर्केनु परेकाले आन्दोलन थालिएको विद्यार्थी असगरले बताउनुभयो । सामुदायिक विद्यालयको विद्यार्थीहरुको समस्याप्रति सम्बन्धित निकायहरु उदासिन भएकाले गम्भीर गराउन आन्दोलित हुनु परेको विधार्थीहरुको भनाइ छ । आन्दोलित विद्यार्थीहरुले टायर बालेर प्रदर्शन समेत गरेको प्रहरी चौकी परवानीपुरका प्रहरी सहायक निरिक्षक लक्ष्मीनारायण सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा विद्यार्थीहरुको समस्यालाई शिक्षकहरुले वास्ता नगरेपछि उनीहरु आन्दोलित भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here