वीरगन्ज, वीरगन्जस्थित नारायणी अस्पतालबाट हालसम्म १ सय २ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले उपलब्ध गराएको तथ्यांकअनुसार ३५ जना महिला र ६७ जना पुरुष गरी १ सय २ जना संक्रमितले कोरोना भाइरसलाई पराजित गरेका हुन् । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको लहर देखिएसँगै अस्पताल भर्ना भएका संक्रमितहरुले बिहिवारसम्मको अवधिमा १ सय २ जना डिस्चार्ज भएका हुन् । सोही अवधिसम्म २ सय ५६ जना संक्रमित नारायणी अस्पतालमा उपचाररत छन् । ८९ जना महिला र १ सय ६७ जना संक्रमितको अहिले उपचार चलिरहेको डा. दासले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । तथ्यांकअनुसार अस्पतालमा रहेका १८ वटा भेन्टिलेटरमध्ये ११ वटामा संक्रमितहरुको उपचार चलिरहेको छ ।