निजगढ,जेष्ठ नागरिक मिलन केन्द्र भवन तथा सत्संग भवन निर्माणको लागि निजगढ नगरपालिका वडा नम्बर ५ स्थित खोल्मा टोलमा आयोजना भएको श्रीमद्भागवत सप्ताहा ज्ञान महायज्ञमा ६१ लाख २५ हजार ९ सय ९० दान रकम संकलन भएको छ ।

शनिबार समापन भएको यज्ञमा स्थानीय दाताहरुले रकम दान गरेको स्थानीय समाजसेवी सुरथ पुरीले जानकारी दिनुभयो । यज्ञमा वडा नम्बर ५ वडा कार्यालयले ५ लाख र ४ नम्बर वडा कार्यालयले ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन ।

महायज्ञबाट संकलन भएको रकमबाट मुक्तिनाथ एकादशी सत्संग समुहको नाममा खोल्मा टोलमा रहेको १४ धुर जमिनमा जेष्ठ नागरिक तथा सत्संग भवन निर्माण गर्ने योजना रहेको निजगढ नगरपािलका नगर कार्यपालिका सदस्य लक्ष्मी गौतमले बताउनुभयो ।

मुक्तिनाथ एकादशी सत्संग समुह र निजगढ नगरपालिका वडा नम्बर ५ को आयोजनामा भएको सो ज्ञान महायज्ञमा युवा पण्डित श्रीसुदर्शन चालिसेले संंगितमय कथा वाचन गर्नुभएको थियो । महायज्ञको संयोजकमा न्युजनजाग्रिति युवा क्लब तथा निजगढ सिटी युवा क्लब र सहसंयोजकमा आध्यात्म कल्याणकारी समाज नेपाल रहेका थिए ।

Leave a Reply