वीरगञ्ज,नेकपा एमाले मधेस प्रदेशको बैठकले खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाललाई फिर्ता बोलाउने तयारी गरेको छ ।शनीवार बर्दिवासको गौतम होटलमा सम्पन्न मधेस प्रदेश कमिटीको चौथो बैठकले मन्त्री जयसवाललाई फिर्ता बोलाउने बारेमा छलफल गरेको र आवश्यक प्रक्रिया पूरा गरेर निर्णय गरिने एमालेका मधेश प्रदेश उपाध्यक्ष बिचारी यादवले जानकारी दिनुभयो ।

उपाध्यक्ष यादवले नै मन्त्री जयसवाललाई फिर्ता बलाउने प्रस्ताव पेश गर्नुभएको थियो । यादवको प्रस्तावमा बैठकका सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए । ‘अब मन्त्रीलाई फिर्ता बोलाउने बारेमा प्रक्रिया शुरु भएको छ, उहाँले भन्नुभयो, सम्बन्धित निकायमार्फत कार्यन्वयन गरिने छ ।’मन्त्री जयसवालले कमिशन लिएर योजनाहरु बिक्री गरेको, बिचौलियामार्फत खुल्लमखुल्ला योजना दिएबापत ३ देखि ५ प्रतिशत कमिशन माग्ने गरेको र कमिशनकै कारण ५ करोड रकम प्रिज भएको र आफना नातेदारलाई योजनाहरु दिएको आरोप लागेपछि उहाँलाई सरकारबाट फिर्ता बोलाउने बारेमा बैठकमा छलफल भएको उपाध्यक्ष यादवले बताउनुभयो ।मन्त्रीका कारण पार्टीको प्रतिष्ठामाथि प्रश्न उठेपछि बाध्य भएर फिर्ता बोलाउने निर्णय गरिएको उपाध्यक्ष यादवको भनाई छ । प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा पार्टीका मधेश प्रदेश ईन्चार्ज तथा सांसद लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा बैठक सम्पन्न भएको थियो ।

Leave a Reply