सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको कार्यालय भवनको शिलान्यास भएको छ ।सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवले एक कार्यक्रमबीच शनिवार भवनको शिलान्यास गर्नुभएको हो । भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष यादवले मानवीय सेवा कार्यमा आफू हरदम लागिपर्ने बताउनुभयो । भवन निर्माणपश्चात मानवीय सहायता र उद्धारको काममा थप मद्दत पुग्ने उहाँको विश्वास छ ।
यस्तै नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सदस्य शिवनाथ यादवले विपद् व्यवस्थापनमा सक्रिय भइ जुट्न सबैलाई आग्रह गर्नुभयो ।



















