एमालेभित्रैकै एउटा खेमाको बिद्रोहका कारण सत्ताका लागि निकै टाढा रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनका ज्योतिषीको दाबी अनुसार नै उनी फेरि प्रधानमन्त्री बने । देउवा यो सहित प्रधानमन्त्रीको कुर्सीमा आसिन हुने ४३ औं प्रधानमन्त्री हुन् अरु भन्दा उनी निकै भाग्यमानी छन् किनभने कांग्रेस फुट्दा पनि उनी नै प्रधानमन्त्री कम्यूनिष्ट फुट्दा पनि उनी नै ।
त्यसो त यसअघिको प्रधानमन्त्री र अहिलेको प्रधानमन्त्रीको कुर्सी फरक छ । अहिले धेरै दलको समर्थनमा र प्रयास तथा सहयोगमा देउवा प्रधानमंत्री बनेका हुन् । देउवाले आफूले समेत नसोचेको प्रधानमन्त्री पद पाएपछि उनी आफैमा दंग त छन् तर उनको अगाडि चुनौतीको पहाड पनि छन् । ती सबै चुनौती पन्छाउन सक्ने क्षमता अब उनले देखाउनु पर्दछ ।
१४६ सांसदको समर्थनमा उनी प्रधानमन्त्री बनेको भएपनि त्यही संख्या सदनमा देखाउनका लागि उनलाई थप चुनौती हुनेछ । एमालेमा एकता भएपछि उनीलाई प्रधानमन्त्रीमा जोगाइराख्न थप समस्या पर्न सक्नेछ । त्यसैले पनि देउवाको पहिलो प्रयास स्थायी सरकार सहित चुनावको वातावरण बनाउनु नै हुनेछ । चुनाव गराउने दायित्व पनि लगभग देउवाको नै हुनेछ । त्यसैले पनि देउवाले बडो सुझबुझाका साथ कदम चाल्न अब आवश्यक छ ।