बिदुर खडका

डुमरवाना,सन २०२२ मा हुन गइरहेको अन्तर्राष्ट्रिय स्व्रबल प्रतियोगितामा बारा जिल्लाबाट ४ जना विद्यार्थी सहभागी हुने भएका छन ।

तनहुमा भएकोे राष्ट्रिय स्व्रmयबल प्रतियोगितामा बाराको डुमरवानास्थित राष्ट्रिय विभुति शिक्षा सदनका रक्षा नेपाल र भुवन सापकोटा, पाथिभरा स्कुल सिमराका चन्द्रप्रकास गिरी, शुभतारा स्कुल औराहका भवानी पुडासैनी अन्त्रर्राष्टिय स्व्रबल प्रतियोगिताको लागि नेपालको तर्फबाट छनोट भएका हुन ।

नेपालका ४० वटा विद्यालयका ५२ जना विद्यार्थी सहभागी बनेको छनौट प्रतिस्पर्धामा बाराबाट ४ जना विद्यार्थीले छनौट भएको र उनीहरुले अब अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने बारा संयोजक भोजराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्तर्राष्टिय स्व्रmबल प्रतियोगिता आगामी सन २०२२ फे्रबरी ५ र ६ गते काठमाण्डौंमा हुने छ ।

नेपालमा स्व्रmबल पद्धति नौलो भएपनि विद्यार्थीहरुको शव्द भण्डार र शाव्दिक ज्ञान तथा अन्य जीवनोपयोगी सीपहरु खेलको माध्यमबाट सिकाइने बताइएको छ ।

Leave a Reply