पुष्पराज खतिवडा

मनहर्वा,५ बर्षिया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १ ढाटटोल बस्ने जितन मुखियाकी अन्दाजी ५ वर्षकी छोरी सुमन कुमारीको बुधबार साँझ ५ः३० बजेको समयमा पोखरीमा डुबेर मृत्यु भएको हो ।

अन्य महिलाहरुको समुहमा जितिया पर्वको पूजा गर्न पोखरीमा गएकी आफ्नी आमासंगै गएका बेला उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय हेमचन्द्र कलवारको पोखरीमा नुहाउने क्रममा उनको मृत्यु भएको हो ।

पोखरीमा डुबेकी बालिकाको तत्काल उद्दार गरी उपचारको लागि नगर अस्पताल सिम्रौनगढतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ । मृतक बालिकाको शव नगर अस्पताल सिम्रौनगढमा रहेको प्रहरी नायव उपरीक्षक गौतम् मिश्रले जानकारी दिनुभयो ।

घटनाको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक दिपक सुबेदीको टोली मार्फत मुचुल्का गरी थप अनुसन्धान कार्य भइहेको छ । घटनास्थल ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट २ किलो मिटर दक्षिणमा रहेको उहाँले जानकारी दिनुभयो । मंगलबार मात्रै जीतपुरसिमरा १५ डुमरवान नजिकै बेङाई पैनीको बाँधमा पौडी खेल्ले क्रममा डुबेर सिमराका ४३ बर्षिय भगवानकाजी कार्कीको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here