नरेश गुप्ता
बरियारपुर,३१ औं अन्तर्राष्टिय बाल दिवसको अवसरमा बाराको कलैयामा शनिबार मैनबत्ति प्रज्वलन गरी मनाइएको छ ।
संरक्षण नेपाल बाराको आयोजना र कलैया उपमहानगरपालिकाको सहकार्यमा कलैयास्थित भरत चौकमा मैनबत्ति प्रज्वलन गरेर दिवस मनाइएको हो ।
हरेक वर्ष नोभेम्बर २० मा मनाइदै आएको अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको अधिकार सुनिश्चित गर्ने उदेश्यले दिवसलाई प्राथमिकता दिइएको शिक्षक पारस जैसवालले बताउनु भयो ।
बालबालिकाको क्षेत्रमा काम गर्ने बाल हेल्प लाईनलगायत विभिन्न संघ संस्थाले अन्तर्राष्ट्रिय बालदिवसमा विभिन्न कार्यक्रम गरि मनाएका छन । अप्ठ्यारोमा परेका, हराएका बालबालिका, बालश्रम शोषणमा परेका र बाल बिबाह पीडित बालबालिकाहरुको लागि जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको संरक्षण नेपाल बाराका अध्यक्ष बृजमोहन कुशवाहाले जानकारी दिनु भयो ।