निजगढ –  निजगढ नगर उद्योग वाणिज्य संघको तदर्थ समितिको संयोजकमा रामकृष्ण नेपाल चयन हुनुभएको छ । निजगढ शाखा कार्य समितिको हिजो सम्पन्न साधारण सभा तथा सातौ अधिवेशनबाट नेपालको संयोजकत्वमा ११ सदस्यिय तदर्थ समिति चयन भएको हो ।

 

 

 

 

 

तदर्थ समितिको सहसंयोजकमा निर्मल भण्डारी, सचिवमा रामचन्द्र जैसवाल, कोषाध्यक्ष होमप्रसाद न्यौपाने ‘महेश’, सदस्यमा गोविन्द न्यौपाने, पूर्णबहादुर विश्वकर्मा ‘उमेश’, दीपा सापकोटा, दिपेन्द्र श्रेष्ठ, शुभाष चौलागाई, रामकृष्ण घिमिरे, ज्ञानेन्द्र चौलागाई रहनुभएको छ । तदर्थ समितिले ६ महिनाभित्र नगर उद्योग वाणिज्य संघको विधान पारित गरि प्रदेश र केन्द्रको सदस्यता लिने बताइएको छ ।

 

 

 

संघका निवर्तमान कोषाध्यक्ष रविकुमार बर्तौलाले तदर्थ समिति चयन प्रकृयालाई लिएर असन्तुष्टि जनाउनुभएको छ । बर्तौलाले प्रकृया नपु¥याई एकलौटी रुपमा समिति घोषणा गरिएको भन्दै कार्यक्रम हलभित्रै असन्तुष्टि जनाउनुभएको हो । बारा उध्योग वाणिज्य संघका जिल्ला अध्यक्ष बिनोद साहले नेपालको संयोजकत्वमा तदर्थ समितिको घोषणा गर्नुभएको थियो ।

 

 

 

यसअघि बारा उध्योग वाणिज्य संघका अध्यक्ष साहको प्रमुख आतिथ्यता एवं संघका निवर्तमान अध्यक्ष टेकबहादुर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा, निजगढ नगरउपप्रमुख लिलादेवि लामिछाने, संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद दंगाल, पूर्वअध्यक्षहरु शम्भुबहादुर बुढाथोकि, ज्ञानेन्द्र चौलागांई, नेकपा निजगढ नगर अध्यक्ष बेनिबहादुर मोक्तान, नेपाली कांग्रेस निजगढ सभापति महेशि कुंवर, राप्रपा अध्यक्ष खड्गप्रसाद उप्रेति, होटल तथा पर्यटन व्यवसायि संघका जिल्ला अध्यक्ष मोहन शर्मा, गौरिशंकर माबि निजगढ ८ व्यवस्थापन समिति अध्यक्ष केदारप्रसाद गौतम लगायतले साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

 

 

 

 

निजगढ नपा ८ स्थित संघको सभाहलमा आयोजित कार्यक्रमको स्वागत मन्तव्य संघकि निवर्तमान सदस्य उषा लामाले दिनुभएको थियो भने उमेश सुनारले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here