बारा,प्रहरीले आइतवार दिउँसो सिम्रौनगढ नगरपालिका वडा नम्बर १ अमृतगंज, खजानी र पचरौता नगरपालिका वडा नम्बर १ पसवान टोल तथा बारागढी गाउँपालिका वडा नम्बर २ दौर्वा टोलस्थित विभिन्न घरमा संचालनमा रहेका ११ वटा अवैध भट्टीहरू र ६ सय लिटर तयारी मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतको ईलाका प्रहरी कार्यालय बारागढी र सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले भट्टीहरू नष्ट पारेको हो । यस क्रममा अवैध तयारी मदिरा र मदिरा बनाउन प्रयोग गरिने २० हजार लिटर कच्चा पदार्थ र ठुलो परिमाणमा रक्सी उत्पादन गर्न प्रयोग गरिने मेसिन, भडाकुडा र ड्रमहरू पनि नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले बताएको छ । जिल्लामा अपराधिक गतिविधि न्यूनिकरण, घरेलु हिंसा, बालबालिका विरुद्ध हुने अपराध रोकथाम, सवारी दुर्घटनालगायत घटनाहरू न्युनीकरण गर्ने उद्देश्यले अभियान संचालन गरिएको र अगामी दिनमा समेत अभियानलाई निरन्तरता दिइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here