पोखरिया,पर्साको हुदरमाई नगरपालिका वडा नम्बर ८ रमनगरीस्थित श्री देवनन्दन देवराज नमुना माद्यामिक विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक र वडा अध्यक्षलाई कार्यालयभित्रै थुनेका छन् ।
बाल शिक्षादेखि १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा जम्मा ८ जना मात्र शिक्षक रहेकोे भन्दै विद्यार्थीहरुले प्रधानाध्यापक मनोजकुमार श्रीवास्तव र वडा नम्बर ८ का वडाअध्यक्ष पुनीलाल साहलाई कार्यालयभित्रै ढोकामा ताल्चा लगाएर थुनेका हुन् ।
विद्यालयका शिक्षकको सरुवा गराउने तर शिक्षक नथप्ने भन्दै विद्यार्थीहरुले वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र नगरपाकिलाकाका प्रमुख विरुद्ध नाराबाजी पनि गरेका थिए । शिक्षक अभावका कारण विद्यालयमा पठनपाठनसमेत प्रभावित भइरहेको कक्षा १२ मा अध्ययनरत छात्र निरन्जन पटेलले बताउनुभयो ।
नगरपालिकाकाप्रमुख प्रशासकिय अधिकृत बिदुरप्रसाद उप्रेतीसंग शिक्षक परिपूर्तिको माग गर्दा शिक्षक छैनन जे गर्छाै गर भन्ने जवाफ दिएको कक्षा ११ मा अध्ययनरत छात्रा ललिता यादवले बताउनुभयो ।