वीरगञ्ज । वीरगञ्जका सीमा नाका बन्द हुने भएका छन् । भारत बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा यही जेठ १२ गते हुनलागेको लोक सभा निर्वाचनलाई मध्यनजर गर्दै सीमा नाका बन्द हुने भएको हो ।पश्चिम चम्पारण जिल्लाको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि दुवै देशका सीमावर्ती जिल्लाका सुरक्षा प्रमुखहरुको संयुक्त बैठकले गरेको निर्णय अनुसार, मतदान हुनु ४८ घण्टादेखि भारतसंगको सीमा जोडिएका नेपालका नाकाहरु बन्द गर्ने सहमति भएको थियो ।पर्सा जिल्लाका सीमा नाकाहरु यही जेठ १० गते बिहान ६ बजेदेखि जेठ १२ गते बेलुकी ६ बजेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो ।भुसालले आइतवार एक सूचना सार्वजनिक गर्दै सीमा नाका बन्द हुने जानकारी गराउनुभएको हो ।

Leave a Reply