निजगढ,नेपाली काग्रेश निजगढ नगरको चुनावमा संस्थापन पक्षबाट महेशी कुवरले पनि आफनो प्यानल शनिबार सार्वजनिक गर्नुभएको छ । कुवरले सामाजिक संजान फेसबुकमार्फत आफनो प्यानलबाट पदाधिकारीहरुको नाम सार्वजनिक गर्नुभएको हो ।
कांग्रेशको निजगढ नगरमा हालको सभापती रहनु भएका कुवरले आफनो प्यानलमा ज्ञानेन्द्र चौलागाई र सूर्य घलानलाई उपसभापती, बद्री चिमोरिया र गोविन्द न्यौपानेलाई सचिव, गोपालकाजी श्रेष्ठ र हस्तबहादुर कार्कीलाई सहसचिवमा उम्मेदवार बनाउनु भएको छ । उपसभापतीका उम्मेदवार चौलागाई र सहसचिवकमा उम्मेदवार श्रेष्ठ निजगढका सफल व्यवसायीको रुपमा रहनु भएको छ ।
संस्थापन इतर पक्षले यसअघि नै नवराज तिमल्सिनाको नेतृत्वमा पदाधिकारीको प्यानल सार्वजनिक गरिसकेको छ । तिमल्सिनाले उपसभापतीमा ज्ञानबहादुर गोले, रामकृष्ण सिग्देल, सचिवमा मधु तिमल्सिना, अम्बिर सिंतान, सहसचिवमा सोपिला गुरुङ्गको नाम प्यानलमा राखेको छ ।
आगामी मंसिर ७ गतेको लागि तय भएको नगर अधिवेशनको लागि निजगढमा तिमल्सिना र कुवरको प्यानलले चुनावी प्रचार शुरु गरेको छ । वडामा जस्तै नगर कार्यसमितिको नेतृत्वमा चयनमा पनि काग्रेशभित्र संस्थापन र संस्थापन इतर पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ । पार्टी संस्थापन पक्षले हालका सभापती कुवरलाई र अर्को पक्षले तिमल्सिनालाई सभापती पदमा उठाएको हो । कुवँरलाई काग्रेश नेता शम्भुबहादुर बुढाथोकीको समर्थन छ भने तिमल्सिनाको प्यानलाई निजगढ नगरपालिकाका मेयर सुरेश खनाल पक्षको समर्थन छ । अधिवेशनले १ जना नगर सभापती, २÷२ जना उपसभापती, सचिव, सहसचिव र कोषाध्यक्षसहित ५१ सदस्यीय कार्य समति चयन गर्ने छ ।
एमालेको बन्द सत्र स्थगित
निजगढ,नेकपा एमालेको निजगढ नगर कमिटीको प्रथम नगर अधिवेशन नयाँ नेतृत्व चयन नगरी स्थगित भएको छ । नगर कमिटीका सदस्यहरु सर्वसम्मत चुनिएर पनि अध्यक्ष पदमा सहमति नभएपछि अध्यक्ष मण्डलले शनिबार बिहान सूचना निकालेर अधिवेशनको बन्द सत्र स्थगित गरेको हो ।
अध्यक्षमा निर्वतमान अध्यक्ष दिलबहादुर लामा, सुरथ पुरी, थानेश्वर सापकोटा, तिलक घलान र जयराम कुवरले दाबी गुर्न भएको थियो । सहमतिको लागि गरिएको लामो प्रयास विफल बनेपछि अधिवेशनको बन्द सत्र स्थगित गर्नु परेको अधिवेशनको बन्द सत्रका सदस्य एकबहादुर लामाले बताउनुभयो । अधिवेशन फेरि आयोजना गर्ने मितिको बारेमा कुनै टुङ्गो नभएको श्रेष्ठले बताउनुभयो । सहमतिको लागि शुक्रबार रातभरि भएको प्रयास विफल भएको थियो ।
नगरपालिकाका १३ वटै वडाबाट नगर कमिटी सदस्यको लागि ३÷३ गरी ३९ जना, महिला कोटामा ९ र दलिततर्फ ३ र खुल्लातर्फ ९ जना सदस्यहरुको नाम सहमतिमा छनौट भएर पनि अध्यक्षमा कुरा नमिल्दा नयाँ नेतृत्व चयन नगरी अधिवेशन स्थगित भएको हो । तर सहमतिमा छनौट गरिएका सदस्यहरुको नाम पनि अनुमोदन हुन सकेको छैन । सहमति हुन नसकेपछि बन्द सत्रको अध्यक्ष मण्डलले शनिबार बिहान सूचना निकालेर अधिवेशन स्थगित भएको जानकारी गराएको थियो ।
अधिवेशनको शुक्रबार एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले उदघाटन गर्नुभएको थियो । अधिवेशनबाट १ जना नगर अध्यक्ष, उपाध्यक्ष, सचिव एक÷एक जना र २ जना सहसचिवसहित ७५ सदस्यीय नगर कमिटी गठन गर्नु पर्ने थियो ।