निजगढ,निजगढ नगरपालिका वडा नम्बर ५ खोल्माटोलस्थित गुम्बबहादुर आलेमगरको गोठमा सोमवार दिउसो आगलागी भएको छ ।आगलागीबाट जलेर पूर्ण रुपमा नष्ट हुँदा गोठमा राखिएको लाखौं मूल्यको धनमाल जलेर नोक्सानी भएको हो ।
निजगढ नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगमा स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीको घटना बारे परिवारका सदस्यहरुले ढिला गरेर जानकारी पाएकोले आगो नियन्त्रण गर्न केही ढिलाइ भएको निजगढस्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गणका प्रहरी नायब उपरीक्षक दिनेश शमाले जानकारी दिनुभयो ।
घटनाको जानकारी पाएलगत्तै सशस्त्र र इलाका प्रहरी कार्यालय निजगढको टोली घटनास्थलमा पुगेको थियो । आगलागीबाट गोठमा रहेको चौपाया र मानवीय क्षति नभएको भएपनि गोठमा राखिएको काठपात, घाँसपात र दाउरा भने जलेर नष्ट भएको स्थानीय जयप्रसाद ढुङ्गानाले जानकारी दिनुभएको छ ।

Leave a Reply