रौतहट,रौतहटको कटहरिया बजारमा हावा भर्ने टंकी पड्किएर एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन ।

मृत्यु हुनेमा ग्यारेज संचालक कटहरिया नगरपालिका वडा नम्बर ५ का २० बर्षिय समसुल मियां रहेका छन । पड्केको ट्याङ्कीबाट उछिट्टिएको फलामको टुक्राले लागेर समसुलको टाउमा चोट लागेको थियो । अचेत अवस्थामा रहेका समसुलको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै उपचारको लागि वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई बिरेन्द्र यादवले बताउनुभयो ।

मृतक समसुलसंगै ग्यारेजमा बसिरहेका स्थानीय वर्ष २५ का जैसी यादवको दाहिने हातमा गम्भीर चोट लागेको छ । ग्यारेज संचालक समसुलले पम्पसेट चलाएर हावा ट्याङ्कीमा हावा भरिरहेको अवस्थामा हावा बढी भएर पड्किएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here