राजन कुमार बानिया

पोखरिया,पर्साको धोबिनी गाउँपालिका वडा नम्बर १ घोडदौर पिपरामा मंगलबारबाट महिलाहरुको सशक्तीकरणको लागि जनचेतनामूलक तीन दिने तालिम सम्पन्न भएको छ ।

धोबिनी गाउँपालिकाको आर्थिक सहयोग तथा कृति डेभलपमेन्ट एण्ड स्किल प्रालिको आयोजनामा भएको महिला सशक्तीकरणको लागि जनचेतनामूलक तालिम समापन कार्यक्रममा गापाका योजना शाखा प्रमुख पप्पु पटेल, वडा नम्बर– १का वडा अध्यक्ष ललन राउत कुर्मी, महिला सदस्य रिमा देवी, सुरेन्दर रामलगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष निरज पटेल र प्रशिक्षक गोविन्द पटेल, विशाल गुप्ताले महिलाहरुलाई प्रशिक्षण दिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here