अघिल्ला बर्षहरुको कुरा गर्ने हो भने जाडो समयमा अत्याधिक चिसोले कठ्याग्रिएर अकालमा केही नागरिकहरुको मृत्यु भएको छ । बारा र पर्सा सहितका तराईका जिल्लाहरु शीतलहरबाट कहिल्यै जाडो समयमा अछुतो छैनन् । फरक यत्ति हो कि कुनै साल शीतलहर बढी हुने गरेको छ भने कुनै साल कम । शीत लहरका कारण अहिले फेरि तराईको जनजीवन प्रभावित भएको छ ।
नागरिकहरुबाट घरबाट बाहिर समेत निस्कने नसक्ने अवस्था छ तरपनि निस्कनु पर्ने बाध्यता छ ।
शीतलहरबाट नागरिकहरुलाई जोगाउनका लागि स्थानीय सरकारहरुले बिशेष धयान दिन आवश्यक छ । अहिले त जनप्रतिनिधिहरु छन् । घरघरमा नै सरकार छ । घरघरमा भएको सरकारले आम नागरिकहरुको पीर बेदना बुझ्नु पर्दछ । नागरिकहरु पीडामा बस्ने अनि सरकारहरु मुखदर्शक बन्न मिल्दैन ।
कलैया सहित बाराका सबै स्थानीय तहले नागरिकहरुको समस्यालाई समाधान गर्न तत्काल बिशेष योजना बनाउन आवश्यक छ । नागरिकहरु आफै पनि सचेत हुन जरुरी छ । आफैले पनि सावधानी अपनाउन आवश्यक छ । सावधानी नअनाउदा पनि धेरैको ज्यान गएको पाइएको छ । आगलागी समेत हुने गरेको उदाहरण पनि छन् । त्यसैले यस्ता बिषयमा सरकार र नागरिक दुबै सचेत हुन आवश्यक छ ।