निजगढ,निजगढ नगरपालिकामा शुरु भएको स्वास्थ्य बिमाको शुक्रबारबाट बिमितहरुको दर्ता कार्य शुरु भएको छ । बिमा दर्ता सहयोगीले निजगढ नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा वडा अध्यक्ष रामजी बजगाईलाई परिचय पत्र दिएर बिमा दर्ता कार्य प्रारम्भ गरेका हुन ।

 

बिमा दर्ता सहयोगीहरुले वडा अध्यक्ष बजगाईलाई दर्ताको परिचय पत्र प्रदान गर्दै कार्यक्रम शुरु गरेका हुन । बिमा कार्यक्रममा सहभागी बिमितहरुले औषधि र उपचार सेवामा स्वास्थ्य बिमा बोर्डले तोके अनुसारको सहुलियत पाउनेछन । ५ जनासम्मको परिवार भएको बिमितले प्रतिवर्ष ३ हजार ५ सय रुपैयाँ प्रिमियम शुल्क तिरेपछि स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत प्रदान गरिने तोकिएका सबै सुविधा निःशुल्क पाउने वडा अध्यक्ष बजगाईले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत बिमितले ओपिडी, इमरजेन्सी, अन्तरंग, एक्स रे, इसिजी, अल्ट्रासाउण्ड, एमआरआइ, सिटी स्क्यान, रगतको जाँज, शल्यक्रिया, एपेन्डीक्स तथा पत्थरीको शल्यक्रियामा सेवा प्राप्त गर्ने छन ।

त्यसैगरी चस्माको मुल्य, श्रवणयन्त्र, सेतो छडी र बैशाखी सेवा समेत प्राप्त हुने छ । नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड टेकुको सहयोगमा संचालन भएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निजगढ नगरपालिकाभित्र प्रतेक वडामा १÷१ जना बिमा सहयोगीहरु खटाइएको र उनीहरुले सर्वसाधारणको घरघरमा पुगेर बिमा दर्ता गर्ने वडा अध्यक्ष बजगाईले जानकारी दिनुभयो । नेपाल सरकारको सहयोगमा शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम यो वर्षबाट निजगढ नगरपालिकामा पनि शुरु भएको हो

फोटो पनि छ ।

 

निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्थाको शनिबार २२ औं बार्षिक साधारण सभा आयोजना हुने भएको छ ।

निजगढ नगरपालिका वडा नम्बर ८ स्थित निजगढ व्यङ्गकुट एण्ड पार्टी पेलेसमा आयोजना हुने साधारण सभाको सबै तयारी पुरा भएको संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमले जानकारी दिनुभएको हो ।

२७ जना शेयर सदस्यहरुको कुल शेयर पूँजी ११ हजारबाट २०५७ सालबाट संचालनमा आएको सगरमाथा सहकारीमा अहिले १ हजार ४ सय १५ जना शेयर सदस्यहरुको १ करोड १९ लाख ८६ हजार ५ सय शेयर पूँजी र कुल कारोबार ८ करोड ९ लाख ३३ हजार ३ सय ४८ रुपैया रहेको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here