नरेश गुप्ता

बरियारपुर,नेपाल क्रिकेट संघले अन्डर १९ एसिया कपको लागि बाराबाट आदिल अंसारीलाई पनि छनौट गरेको छ ।

नेपाल क्रिकेट संघले प्रेस विज्ञप्ति जारी गर्दै सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ नायकाटोला निवासी आदिल अंसारीलाई एसिया कपको लागि छनौट गरिएको जनाएको हो । अन्डर १९ एशिया कपमा नेपालको तर्फबाट छनौट हुनु भएकोमा अंसारीलाई उहाँका शुभचिन्तकहरुले बधाई तथा शुभकामना दिएका छन ।

बारा जिल्लाको ऐतिहासिक नगरी सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ नायकाटोलामा जन्मनु भएका अंसारीले बाल्यकालदेखि नै क्रिकेट खेलप्रति रुचि राख्दै आएको र खेलकुदप्रति आकर्षित बनेको स्थानीय परमान्द मुखियाले जानकारी दिनुभयो । क्रिकेट खेलाडी अंसारीले नेपाल र भारतका विभिन्न ठाउँहरुमा पुगुर क्रिकेट म्याच खेलिसक्नु भएको छ ।

Leave a Reply