दुष्यन्त चौधरी
कलैया – ५ असार । बाराको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर १ रूपैलियाका सुखल पालले भेडापालन व्यवसायबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ । भेडा पालन गरेर बार्षिक लाखौं रुपैया आम्दानी आर्जन गर्ने गरेको पालले जानकारी दिनुभयो ।
जिल्लाका अन्य भेगका किसानहरु माछा पालन, बाख्रा पालन, बंगुर पालन, कुखुरा पालनमा आकर्षित भइरहेको बेला पाल परिवार भेडा पालनमा आकर्षित बनेको हो । सुखलले घर नजिकै गोठ बनाएर अहिले ६० वटा भेडा पाल्नुभएको छ । परिवारमा रहेका १२ जना सदस्यको लालनपालन र खर्च भेडा पालनबाट हुने आम्दानीबाट चल्दै आएको उहाँले बताउनुभयो । ‘घरखर्च कटाएर केही रकम बचत पनि हुन्छ, पालका भाइ रामभजन पालले बताउनुयो, अन्य व्यवसाय भन्दा राम्रो आम्दानी पनि छ ।’ पालले भेडा पालनबाट वार्षिक १० लाखको हाराहारीमा आम्दानी हुने गरेको जानकारी दिनुभयो ।
सुखलले आफ्नो परिवारले विगत लामो समयदेखि भेडा पालन गर्दै आएको सुनाउनुभयो । ‘हजुरबुवा कै पालादेखि भेडा पालन गर्दै आएका र्छौ ।’ उहाँले बताउनुभयो ।
पाल दाजुभाइ मिलेर गाउँमा भेडा पालन गर्दै आउनुभएको हो । उहाँहरु बिहान ९ बजे नै खाना खाएर भेडा चराउन घरबाट निस्किन्छन । साँझपख घर फर्कने गरेका छन । भारतको मोतिहारीबाट भेडा किन्न व्यापारीहरु घरमा नै गाडी लिएर आउने गरेको रामभजनले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here