कलैया,नेपाल–भारत अन्तरदेशीय काठमाडौं–रक्सौल रेलमार्गको रुट तय भएको छ । भारतीय पक्षले बाराको निजगढ हुदै रक्सौलबाट काठमाण्डौं पुग्ने रेलमार्गको अध्ययन गरेर नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा रुट समावेश भएको छ ।रेल विभागका प्रवक्ता एवम् सिनियर डिभिजनल इन्जिनियर अनिलकुमार चित्रकारका अनुसार फाइनल प्रतिवेदन अनुसार उक्त रेलमार्गको रुट रक्सौलबाट काठमाडौंसम्म तय भएको छ ।उहाँका अनुसार रक्सौलदेखि पर्साको वीरगञ्ज, बेलुवा, बाराको मनहर्वा, सपही बजार, निजगढ, मकवानपुरको धियाल, शिखरपुर, सिस्नेरी हुँदै रेलमार्ग काठमाडौंको सतिखेल भएर खोकनासम्म ल्याउन प्रस्ताव गरिएको छप्रारम्भिक चरणमा १३६ किलोमिटर लामो रेलमार्ग निर्माण हुने अनुमान गरिएकोमा अहिले अन्तिम प्रतिवेदनमा १४० किलोमिटर लामो हुने भएको छ ।विभागका प्रवक्ता चित्रकारले भन्नुभयो, “पहिले प्रारम्भिक रिपोर्ट अनुसार यस आयोजनाको लम्बाइ १३६ किलोमिटर हुने अनुमान थियो । निजगढ विमानस्थल बन्ने भएपछि टाढाबाट लानुपर्ने भएका कारण लम्बाइ १४० किलोमिटर हुने प्रतिवेदनमा उल्लेख छ ।”२०७६ सालमा यस आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भएको थियो ।

Leave a Reply