शनिबार यो वर्षको भाइटीका थियो । चाडवाडमा नेपाल धनी छ । जसले जसरी व्याख्या गरे पनि यस्ता चाडवाडहरु मनाउनेको संख्यामा गिरावट आउने छैन, बरु बढ्दै गएको देखिएको छ । नेपालमा भएका फकफरक धर्मालम्बीहरुले मनाउने पर्वसंग पनि नेपालीहरुको पहिचान जोडिएको छ ।

दशैं, तिहार जस्ता पर्वमा टाढा रहेका आफ्ना आफन्तहरु भेट्नका लागि सर्वसाधारणहरु पुग्ने गर्दछन् तर आफन्त भेटेर वा भेटेर आउने क्रममा दुर्घटनामा परेर घरमा आउन पाइदैन कि भन्ने सबैलाई चिन्ता हुन्छ । नेपालको भूगोल अनि सवारी चालकको लापारबाही र फितलो कारबाहीका कारण सवारी दुर्घटनाबाट धेरैको ज्यान जाने गरेको छ ।

आइतबार टीकाको भोलिपल्टको मात्रै कुरा गर्ने हो भने ३० जना भन्दा बढीको ज्यान गएको छ । नजिकै मकवानपुरको हेटौंडामा रमाइलो गरी रहेकाहरुमाथि बस चलाइएको छ । दुईजनाको दुखद निधन भएको छ । नेपालको सडकमा सवारी चलाउने चालकहरुको बढी लापरबाही छ । सवारी दुर्घटना हुनुमा अन्य पनि कारण छन् तर मुल कारणले चालकको लापरबाही नै भएकाले नियन्त्रणको लागि कडा कानुन बनाउन आवश्यक छ ।

Leave a Reply