राजन कुमार बानिया
भिस्वा – पर्साको छिपहरमाई गाउँपालिकाको १४ जनामा कोरोना संक्रमण देखिएको छ । गाउँपालिकाको भिस्वा क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलनको मंगलबार आएको पिसिआर रिपोर्ट अनुसार १४ जनामा कोरोना संक्रमण देखिएको गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले जनाएका छन् । बागलुङबाट ४२ जना आएको र भिस्वा क्वारेन्टाइनमा राखिएकोमा सबै जनाको स्वाब संकलन गरि लगिएको थियो । सो मध्ये १४ जनामा कोरोना संक्रमित देखिएको बताए ।

 

 

 

छिपहरमाई गाउँपालिकाका ११ जना धोबिनी गापा को २ र भारत का १ जना गरि १४ रहेका छन् । सबै भन्दा बढीमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले समेत पुष्टि गरे । उनले भने मंगलबार आएको पिसिआर रिपोर्ट अनुसार पर्साका ३९ जनामा कोरोना संक्रमण देखिएको हो । ति मध्ये वीरगंज महानगरपालिकाको वडा नं २, ३, ११, १६, १७, १८ र छिपहरमाईको संक्रमितहरु देखिएका हुन् ।

 

 

 

 

यसका अलावा दुई जना पत्रकारहरुमा समेत संक्रमण देखिएको छ । मंगलबार नेपालमा ५७ वटा मा कोरोना संक्रमित देखिएको छ । नेपालमा अहिले सम्म १९१ जना कोरोना संक्रमित देखिए पछी सिमानाका र समबनधित क्षेत्रमा दहस्त महौल देखिएको छ । छिपहरमाई गाउँपालिकाको भिस्वामा रहेको क्वारेन्टाइनबाट १४ जनालाई एम्बुलेन्सबाट बिरगंजमा रहेको आईसलेसनमा पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here