रतनपुर,बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १२ स्थित श्री सरस्वती आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा स्थानीय युवा समाजसेवी लक्ष्मण थिङ्ग सर्वसम्मत चयन हुनुभएको छ ।
विद्यालय व्यवस्थापन समितिको शुक्रवारको बैठकले थिङ्गलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । समितिको अन्य सदस्यहरुमा सानूकान्छी स्याङ्तान, मदन विक, सुर्यमाया दोङ र चन्द्रबहादुर थिङ्ग चयन भएका थिए ।
यसअघि भएको अभिभावक भेलाबाट चुनिएका व्यवस्थापन समितिका ४ जना सदस्यको बैठकले अभिभावक, शिक्षासेवी मध्येबाट थप २ जना सदस्य मनोनयन गरेसंगै व्यवस्थापन समितिले पूर्णता पाएको हो ।अभिभावकबाट चयन भएका सदस्यहरुले शुक्रवार नै बैठक गरेर लक्ष्मण थिङ्ग र दुधमाया थिङ्गलाई व्यवस्थापन समितिको सदस्यमा मनोनयन गर्ने निर्णय गरेको थियो ।
समितिले पूर्णता पाएपछि भएको बैठकले लक्ष्मण थिङ्गलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोलेको रोहवरमा सो समिति गठन भएको हो ।विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मेनिका स्याङ्बोको अध्यक्षातामा भएको सो कार्यक्रममा अतिथिहरु विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष मनबहादुर गोले, इन्द्रलाल श्रेष्ठ, पूर्वसदस्य काशीराज तिमल्सिना, स्थानीय समाजसेवी नरबहादुर थिङ्ग, वुद्धीजीवी कृष्णप्रसाद घिमिरे, वडा सदस्य चन्द्रमान तामाङलगायतको उपस्थिति रहेको थियो ।विद्यालय व्यवस्थापन गठन कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका विन्दा घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको संचालन विद्यालयकी प्रधानाध्यापक बुनाकुमारी राउतले गर्नुभएको थियो ।
















