निजगढ – निजगढ नगरपालिका वडा नं १३ डम्बरपुर स्थित श्री शिव सत्यश्वर आधारभुत विद्यालयमा अध्ययनरत ३५ जना चेपाङ बालबालिकाहरुलाई बिहिबार पाठ्य सामग्री वितरण गरिएको छ । निजगढमा संचालित ओम निजगढ एजुकेशन हाउसका संचालक राज काफ्लेको सहयोगमा १८ हजार रुपैया बराबरको पाठ्य सामाग्री वितरण गरिएको हो ।
हेल्प चेपाङ फाउण्डेसनले आयोजना गरेको पाठ्य सामाग्री वितरण कार्यक्रममा प्रति बिध्यार्थि एक दर्जन कापि ,एक प्याकेट कलम तथा सिसाकलम वितरण गरिएको थियो । फाउण्डेसनका अध्यक्ष रविराज दंगालको सभापतित्व एवं ओम निजगढ एजुकेशन हाउसका संचालक राज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै काफ्लेले आगामि दिनहरुमा पनि थप सहयोगको कार्यक्रम ल्याउने प्रतिबद्दता व्यक्त गर्नुभयो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक घलानले धन्यबाद ज्ञापन व्यक्त गर्नुभएको थियो भने शिक्षिका पविता काफ्लेले स्वागत मन्तव्य दिनुभएको थियो ।
प्रधानाध्यापक प्रकाश लामिछानेले सहजिकरण गर्नुभएको कार्यक्रममा व्यवस्थापन समिति सदस्य भिमप्रसाद घिमिरे ,समाजसेवि कृष्णबहादुर लो ,राजिब थापा ,रिटर्नि माईग्रेट नेपालका सचिव रामकृष्ण घिमिरे ,फास्टट्रयाक साप्ताहिकका प्रकाशक थानेश्वर सापकोटा तथा शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो । यसैबीच सरस्वति पुजाको अवसर पारेर निजगढ नगरपालिका वडा नं ७ स्थित सत्यश्वर शिवशक्ति आधारभूत बिध्यालयलाई बिध्यालय व्यवस्थापन समितिका २ जना सदस्यले विभिन्न सामग्रिहरु सहयोग गर्नु भएको छ ।
व्यवस्थापन समिति सदस्यद्वय वडा नं ७ निवासी नारायणप्रसाद सापकोटा र बीरेन्द्र महत्तोले पाठ्यसामग्रि र सरस्वतिमुर्तिको लागि नगद सहयोग गर्नु भएको हो । सापकोटाले बिध्यालयमा अध्यनरत ५० जना बिध्यार्थिहरुलाई कापि ,कलम लगायतको पाठ्य सामग्रि र महत्तोले सरस्वति मुर्तिको लागि ५ हजार रुपैया नगद प्रदान गर्नुभएको प्रधानाध्यापक उमेशकुमार स्वर्णकारले जानकारि दिनुभयो ।
त्यसैगरी निजगढका बिभिन्न बिद्यालयले अक्षराम्भ कार्यक्रम आयोजना गरेका छन् । सरस्वती पूजाको अवसरमा प्रायजसो विद्यालयले नयाँ भर्ना हुने बालबालिकाका लागि विशेष छुटको व्यवस्था समेत गरेका छन् भने केहिले नया भर्नालाई निशुल्क बनाएका छन् यसैअवसरमा निजगढ २ स्थित लोकप्रिय आधारभुत, सरस्वति निमावि ,नेरामाबि ,निजगढ ७ स्थित नेत्रोदय माबि ,सत्यस्वर आवि ,निजगढ ६ स्थित गौरीशंकर माबि,५ स्थित सार्वजनिक मावि लगायत सामुदायिक तथा बिध्यासागर र होलि एजंल्स लगायतका निजि बिध्यालयहरुले हर्षोल्लासका साथ सरस्वति पुजा मनाएकाछन् ।
बिध्यासागर बोर्डि¨ स्कुलले भने सरस्वति पुजाका साथमा अभिभावक दिवस कार्यक्रम पनि सम्पन्न गरेको छ । सो अवसरमा बिध्यार्थिहरुद्वारा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएकोे प्रधानाध्यापक सन्तबहादु्र लामाले जानकारी दिनुभयो । विद्या र सिर्जनाकी देवी भएकिले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरुले आआफ्ना कला(साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाराधना गर्छन् भने तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना पनि गर्ने गर्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्तपञ्चमी’ पनि भन्ने गरिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास पनि छ । यस दिन बालबालिकालाई शिक्षारम्भका साथै नाक–कान छेडिदिने गरिन्छ ।