निजगढ,निजगढमा छठ पुजा आयोजना गर्न हृदयनारायण साह रौनियारको अध्यक्षतामा ११ सदस्यीय पूजा समिति गठन भएको छ ।

छठ पर्वका श्रद्धालुहरुको भेलाले समिति गठन गरेको हो । रौनियारले यसअघि पनि ६ पटकसम्म समितिको अध्यक्षमा रहेर पूजा व्यवस्थापनको काम गरिसक्नु भएको छ ।

समितिको उपाध्यक्षमा प्रमोद साह रौनियार, सचिव उमेश स्वर्णकार, सहसचिवमा सरोज ठाकुर, कोषाध्यक्षमा मुकेश साह, सहकोषाध्यक्षमा विरेन्द्र महतो र सदस्यहरुमा रामअयोध्याय साह, विजय शर्मा, ललन साह, विनोद महतो र चन्दन झा रहनुभएको छ ।

त्यसैगरी समितिको सल्लाहकारमा रामचन्द्र प्रसाद जैसवाल, सुरेन्द्रप्रसाद जैसवाल, रामानन्द साह रहनुभएको छ । समितिले निजगढको बकैया नदी किनारामा छठ घाट निर्माण गरेर छठ पर्व मनाउने गरेको छ ।

समितिले यो वर्ष स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरुलाई बोलाएर पर्व मनाउन लागेको निजगढका व्यवसायी दिनबन्दु साहले बताउनुभयो । मधेसी समुदायको मुख्य पर्वको रुपमा रहेको छठ पर्व आगामी कार्तिक २४ गते परेको छ । प्रेम र सदभाको प्रतीकको रुपमा रहेको यो पर्व उदाउदो सूर्यलाई अर्घ दिएपछि शुरु हुने भोलिपल्ट अस्ताउदो सूर्यलाई अर्घदिएसंगै समापन हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here