वीरगन्ज,वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचन थप अन्योल बनेको छ । मतदाता नामावालीको विवादका कारण पूर्वघोषित निर्वाचन मितिलाई चैत्र ५ गतेबाट तिन दिनपछि चैत्र ८ गतेको लागि सारिएको ठाकुररामको स्ववियू निर्वाचन थप अन्योलता तर्फ धकेलिएको हो ।विद्यार्थीहरुले सङ्घसङ्गठन र समूहले झिकेको मतदाता नामावाली सम्बन्धित विषयलाई क्याम्पस प्रशासनले समाधान नगर्दै निर्वाचन कार्यतालिका शंसोधन गरेर सार्वजनिक गरेपछि क्याम्पसको विभिन्न शाखामा फेरि तालाबन्दी भएको छ । तालाबन्दीका कारण निर्वाचन हुने÷नहुनेमा अन्योलता सृजना भएको हो ।
शंसोधित कार्यतालिका अनुसार मंगलवार बिहान ११ बजेदेखि २ बजेसम्मका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारका लागि मनोनयन पत्र वितरणको कार्यक्रम थियो । तर तालाबन्दीका कारण मनोनयन पत्र वितरण प्रभावित भएको ठाकुरराम क्याम्पसका स्ववियू निर्वाचन अधिकृत रोशन लामिछानेले बताउनुभयो ।यसअघि मातदाता नामावालीकै विषयमा क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थी सङ्गठनहरु विच छलफल चलिरहँदा गत शुक्रबार असन्तुष्ट विद्यार्थीहरुको एक समूहले क्याम्पसस्थित विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका थिए । आगजनी पश्चात क्यामपस प्रशासनले निर्वाचन प्रकिया स्थगित गर्दै सोमबार मात्रै शंसोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।विद्यार्थी सङ्गठनहरुले भने आफ्नो माग सम्बोधन नगरी क्याम्पस प्रशासनले कार्यतालिका सार्वजनिक गरेपछि मङ्गलबार बिहान विरोध प्रदर्शन गर्दै क्याम्पसस्थित प्रमुखको कार्यालय, निर्वाचन समितिको कार्यालय र विद्यार्थी कल्याण तथा खेलकुद शाखामा तालाबन्दी गरेका छन् ।नेपाल विद्यार्थी सङ्घ, समाजवादी विद्यार्थी यूनियन, अनेरास्ववियू, अखिल क्रान्तिकारीलगायतका विभिन्न विद्यार्थी सङ्गठन र समूहहरुले फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नुपर्ने र मतदाता विधार्थीहरुको परिचयपत्र वितरण गरेपछि मात्र निर्वाचन तालिका प्रकाशन गर्न माग गरेका छन् । समाजवादी विद्यार्थी यूनियन ठाकुरराम क्याम्पसका इकाई उपाध्यक्ष शशिकान्त सर्राफले विद्यार्थीहरुले राखेको माग सम्बोधन गरेर मात्र निर्वाचन प्रकृया अगाडि बढाउँन आग्रह गर्नुभएको छ । ‘हाम्रो माग सम्बोधन गरेर मात्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्छ भनेका थियौँ, उहाँले भन्नुभयो, तर क्याम्पस प्रशासनले त्यसलाई गम्भीरतापूर्वक लिएन र हचुवाको भरमा निर्वाचन कार्यतालिका सार्वजनिक ग¥यो ।’ उहाँले माग सम्बोधन नभएसम्म तालाबन्दी नखोल्ने र निर्वाचन सम्बन्धि कुनै पनि काम अगाडि बढाउँन् नदिने बताउनुभयो ।यसअघि फागुन २१ गते क्याम्पस प्रशासनले प्रकाशन गरेको मतदाता नामावली प्रति पनि विरोध जनाउँदै फागुन २६ गते विधार्थीहरुले क्याम्पसको विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आजगनी गरेका थिए । फागुन २१ गते क्याम्पसले प्रकाशन गरेको मतदाता नामावलीमा मतदाता संख्या १० हजार २ सय ३२ थियो । तर विद्यार्थीहरुले १ हजारभन्दा बढी फर्जी विद्यार्थीको नामसमेत मतदाता नामावलीमा समावेश गरिएको भन्दै विरोध जनाउदै आएका थिए ।त्यसपछि क्याम्पस प्रशासनले तत्कालका लागि निर्वाचन प्रकृया स्थगीत गरि मतदाता नामावली बारे उत्पन्न विवाद सुल्झाउन छानबिन समिति गठन गरेको थियो । सहायक क्याम्पस प्रमुख अनिलकुमार रमनको संयोकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनका आधारमा निर्वाचन समितिले सोमबार साँझ ९ हजार ७ सय मतदाता सहितको नयाँ मतदाता नामावली र चैत ८ मा निर्वाचन गर्ने गरि संशोधित निर्वाचन तालिका प्रकाशन गरेको हो ।निर्वाचन अधिकृत रोशन लामिछानले भने त्रिविको स्ववियू निर्वाचन निर्देशिकाअनुसार क्याम्पस प्रशासन र निर्वाचन समितिले काम गरिरहँदा पनि विद्यार्थी सङ्गठनहरु विभिन्न विवाद खडा गरिरहेकाले समस्या परेको बताउनुभयो ।फोटो सहितको मतदाता नामावली प्रकाशन गर्नुपर्ने निर्देशन नै नभएको उहाँले बताउनुभयो । मतदाता विद्यार्थीहरुको परिचयपत्र बनाउने काम भइरहेको जानकारी दिँदै उहाँले सो विषयलाई लिएर विवाद गर्नुको कुनै अर्थ नभएको बताउनुभयो ।

Leave a Reply