निजगढ,राष्ट्रिय जनगणना ०७८ अन्तरगत निजगढ, कोल्हबी नगरपालिका र करैयामाई गाउँपालिकाका गणकहरुको तालिम बुधबार निजगढमा सम्पन्न भएको छ ।

निजगढस्थित गौरीशंकर कलेज निजगढमा गत कार्तिक १४ गतेबाट सुरु भएको तालिममा निजगढका ४६, कोल्हबीका ६४ र करैयामाईका २८ गरी १३८ जना गणक सहभागी रहेका थिए । तालिममा गौरीशंकर कलेज प्रमुख रामप्रसाद गौतम, नागेश्वर ठाकुर, जीवन काफ्ले, सागर दहाल र जयप्रकास साहले प्रशिक्षण दिनुभएको थियो । यसअघि पहिलो चरणमा सुरपरीवेक्षकहरुले सुचीकरण गरेको आधारमा गणकहरुले आगामी कार्तिक २५ गतेदेखि घरघरमा गएर मंसिर ९ गतेसम्म तथ्याङ्क संकलन गर्ने छन ।

त्रुटीरहित र विश्वसनीय तथ्याङ्ग संकलन गर्न तालिमको आयोजना गरिएको स्थानीय जनगणना अधिकृत नागेश्वर ठाकुरले बताउनुभयो । जनगणनाको अन्तिम दिन आगामी मंसिर ९ गते मगन्ते, घुमन्ते, फिरन्ते, ठेगाना नखुलेका र मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको पनि गणना गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतेक १०÷१० वर्षमा आयोजना हुने जनगणना अन्तर्गत यो वर्ष निजी घर र भवनको पनि गणना हुने छ । गणक नपुगेको वा कुनै गुनासो भए सर्वसधारणको लागि ११७८ नम्बरको टोल फ्रि नम्बरमा सम्पर्क राखेर गुनासो गर्न सक्ने व्यवस्था पनि मिलाइएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ यो वर्षको जनगणना सुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here