राजन कुमार बानिया
पोखरिया,सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीको टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा वडा नम्बर ३ बुढगाई सीमा नाका क्षेत्रबाट साडे १० केजी लागुऔंषध गाँजा बरामद गरेको छ । गस्तीमा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीका सशस्त्र प्रहरी निरिक्षक कृष्णबहादुर पौडेलको नेतृत्वमा रहेको गस्ती टोलीले लागुऔंषध गाँजा बरामद गरेको हो ।
बरामद गरिएको गाँजा १० किलो ६ सय ४० ग्राम रहेको प्रहरीले जनाएका छन । तस्करहरुले टाउकोमा बोकेर भारततर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी गस्तीको टोली उक्त गाँजा बरामद गरेको हो । प्रहरीलाई दखेपछि तस्करहरु भने गाँजाको पोका फालेर भारततर्फ भागेका थिए । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिस्वा बंजारीले बरामद गरिएको गाँजा ईलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाले जानकारी दिनुभएको छ ।