काठमाडौं,सत्तारुढ गठबन्धनभित्रको बिवाद चुलिदै गएपछि छताछुल्ल भएको छ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकार नै छाड्ने धम्की दिएपछि गठबन्धनभित्रको बिवाद सहतमा आएको हो ।यादवले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्री र गृहमन्त्रीको कारण देखाएर सरकार छाडने धम्की दिनुभएको थियो । यादवको सो भनाईलगत्तै देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको हो ।गृह मन्त्रालयले गौर हत्याकाण्डका पीडितसँग पाँच बुँदे सहमति गरेपछि रुष्ट बन्नुभएका यादवले मंगलबार दिउँसो देउवासँग भेटनु भएको थियो । सो क्रममा अध्यक्ष यादवले गौर हत्याकाण्डका पीडितसँग सरकारले गरेको सम्झौताप्रति सभापति देउवासँग असन्तुष्टि जनाउनु भएको छ ।स्रोतका अनुसार यादवले सरकार छोड्नेसम्मको चेतावनी देउवालाई दिनुभएको थियो । जवाफमा देउवाले आफूले प्रधानमन्त्रीसँग छलफल गर्ने र सरकार छाड्ने जस्ता अप्रिय निर्णय नलिन यादवलाई सुझाउनु भएको थियो । यादवले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको बारेमा समेत देउवासँग कडा असन्तुष्टि जनाउनु भएको छ ।यादवसँगको छलफलपछि बुधवार बिहान सभापति देउवा रक्षामन्त्री एवं उपसभापति पुर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक र कृष्ण सिटौंलासहितका नेता लिएर प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार जानुभएको थियो ।२०६३ चैत ७ गतेगौरस्थित राइसमिलको चौरमा तत्कालीन मधेशी जनाअधिकार फोरम र माओवादीबीच झडप भएको थियो । झडपमा २७ जना माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए । पछिल्लो समयमा गौरमा भएको घटनामा मृत्यु भएका परिवार तथा घाइतेका परिवारले आन्दोलन गरिरहेका छन ।हत्याकाण्डका पीडितसँग गृह मन्त्रालयमा मंगलवार पाँच बुँदे सहमति भएको छ । उक्त सहमतिमा संघर्ष समितिका अध्यक्ष रुपसागर देवी, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले हस्ताक्षर गर्नुभएको छ । पाँच बुँदे सहमति पत्रमा गौर घटनाका विषयमा तत समयमा दर्ता भएको जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने भनिएको छ ।तत्कालीन सरकारद्वारा २०६५ पुष ९ गतेको मन्त्रिपरिषदको बैठकबाट सहिद घोषणा गरिएका गौर घटनाका मृतकहरूको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने तथा मृत्यु भएका तर सहिद घोषणा हुनबाट छुटेकालाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ । स्रोतका अनुसार देउवासँगको छलफलमा यादवले ‘आफुलाई फसाउँनका लागि’ उक्त समिति बनाउन लागेको बताउनु भएको थियो ।सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक समेत बोलाएको छ ।पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाईएको सो कार्यकारिणी समितिको बैठकमा गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउने बिषयमा छलफल भइरहेको छ ।‘प्रधानमन्त्रीले गौर हत्याकाण्डका बारेमा छानबिन समिति बनाउन सहमति जनाएपछि त्यसवाट उत्पन्न परिस्थितिका बारेमा बैठकमा छलफल हुने र सो छलफलपछि पार्टीले आफनो धारणा सार्वजनिक गर्ने’ एक नेताले भने । ती नेताका अनुसार उक्त सहमति अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउँनका लागि सरकारले उक्त समिति बनाउन लागेको बुझाई जसपा, नेपालको रहेको छ ।उक्त हत्याकाण्ड छानबिन बिरुद्ध जसपाले घटनास्थल, गौर लक्षित आन्दोलनको कार्यक्रम गर्न सक्ने उनले जनाएका छन । यादवले सो बिषयलाई लिएर मंगलवार पनि आफना पार्टीका शीर्ष नेता र सांसदहरुसँग छलफल गर्नुभएको थियो ।


















