नेपालमा अहिले तीन तहको सरकार छ र यी तीनवटै तहको सरकारमा जनप्रतिनिधिहरु रहेका छन् । जनताले मत दिएर उनीहरुलाई पदमा पुर्याएका हुन् तर कतिपय जनप्रतिजिनधिहरुले भने आफू जनप्रतिनिधि भएको कुरा पदमा पुगेपछि बिर्सने गर्दछन् । लोकतान्त्रिक शासन व्यवस्थामा जनताभन्दा ठूला कोही हुनै सक्दैनन् । जनता र उनीहरुको मत नै सबैभन्दा ठूलो शक्ति हो ।तर, शासकहरुमा सत्ताको घमण्ड बढेपछि भने उनीहरुले जनता र मत बिर्सने गर्दछन् । मधेस प्रदेशका मुख्यमनत्री सरोज यादव पनि यही बाटोमा हिँड्दै छन् कि भनेर नागरिकहरुले चिन्ता जनाएका छन् । उनीहरुले जनकपुरको जानकी मन्दिरमा राखेको मुख्यमन्त्री यादवको होडिंग बोर्ड पनि हटाइ दिएका छन् । उनीहरु आफै सकृय भएर यादवको फोटो अंकित बोर्ड हटाएका हुन ।यो घटनाबाट के स्पष्ट हुन्छ भने जनताभन्दा ठूला कोही छैनन् अनि जनप्रतिनिधिहरुले पनि यस्ता मोहमाभन्दा पनि व्यवहारमा नागरिकहरुको मत जित्ने काम गरेपछि यसै पनि उनीहरुको चर्चा हुन्छ नै । मधेसमा ठाउँ ठाउँमा बोर्ड राख्ने गलत परिपाटी पनि देखिन्छ यो गलत हो । मुख्यमन्त्रीको कुरामात्रै होइन, यहाँ पालिकामा जितेका प्रमुख र सांसदले समेत विभिन्न विकास निर्माणका आयोजनाहरुसंग जोडेर आफ्नो फोटो अंकित होडिङ्ग बोर्ड राखेर कामको प्रचार गर्ने गरेको पाइएको छ । विकास निर्माणमा निस्वार्थ भावनाले काम गर्यो भने यसरी बोर्ड राख्न जरुरी नै पर्दैन । जनताले नै त्यसको मूल्याङ्कन गर्नेछन ।त्यसैले जनप्रतिनिधिहरुले बोर्ड मोहमाभन्दा पनि व्यवहारमा जनताको मन जितेपछि यसैपनि प्यारो भइन्छ । त्यसैले जनप्रतिनिधिहरु यस्ता मोहमा नलागेकै राम्रो हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here