दशैंको मुखैमा भाडा कायम गरियो । सरकारी कमजोरीका कारण यातायात व्यावसायीले मनपरी भाडा असुल्न पछिल्ला दिनमा यही बाहानामा बढाउन थालेका छन् ।

अवैज्ञानिक रूपमा विजोर अंकको भाडाका कारण पनि यात्रु मारमा परेका हुन् । ५ किलोमिटर दुरीको भाडा १८ रुपियाँ कायम गर्दा सहचालकले यात्रुसँग २० रुपियाँ बढी लिने गरेका छन् । यात्रुले गुनासो गरेमा २ रुपियाँ फिर्ता दिनुको साटो चकलेट दिने गर्दछन् । सरकारको अपारदर्शी निर्णय र चलखेलले गर्दा शून्य दरमा अर्थात् २० रुपियाँ भाडा कायम गरेको भए यो समस्या आउने थिएन ।

सरोकारवाला निकायका अधिकारीले भाडा वृद्धि अवैज्ञानिक भएको स्वीकार गरिसकेका छन् । गुनासो आउन थालेपछि भाडा बढाउने निर्णय गरेको वागमती प्रदेश सरकारले यो विषयमा पुनरावलोकन गर्ने जनाएको छ । १० किमि दुरीका लागि २७ रुपियाँ कायम गर्दा यात्रु ३ रुपियाँ ठगिन पुगेका छन् । पछिल्लो समय उपत्यकामा चल्ने सवारीसाधनले भाडा बढी लिएर यात्रु ठगिन थालेको गुनासो बढेपछि ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्र पारेको छ ।

 

अहिलेसम्मको तथ्याङ्कअनुसार बढी भाडा असुलेको आरोपमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ सय १० सवारीसाधनलाई जरिवाना गरेको छ । यातायात व्यववस्था विभागले ९ सवारीलाई कारबाही गरिसकेको छ । आफ्नै गल्तिका कारण कारबाही भोग्नुपरेको सवारी संचालकले २ रुपियाँको सिक्का नभएका कारण फिर्ता दिन सम्भव नभएको बताउने गरेका छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here