सिमरा,लायन्स क्लब अफ सिमरा युथले पछिल्लो पटक भएका दुई ठूला दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना गर्दै दीप प्रज्वलन गरेको छ ।नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा बस र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना गर्दै क्लबले पथलैयामा दीप प्रज्वलन गरिएको हो ।
सिमलताल पहिरोले बगाएर बस त्रिशुली नदिमा खस्दा हालसम्म बेपत्ता रहेको र शव भेटिएको सहित ६२ र सौर्य एयरलाइन्स दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए । सिमलतालमा असार २८ गते र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साउन ९ गते सौर्यको विमान दुर्घटना भएको थियो ।

लायन्स क्लब अफ सिमरा युथका अध्यक्ष राजकुमार लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ एस अन्तर्गत एरिया ३ का जोन चेयर पर्सन दिवाकर भण्डारी, डिष्ट्रिक्ट मेम्बर एवंम पूर्वअध्यक्ष त्रिलोकबिक्रम शाह, क्लबका सदस्य एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यपालिका सदस्य अर्जुन रसाईली, होली गार्डेन इङ्लिस स्कुलका प्रिन्सिपल भुवन राईसहित पदाधिकारी र सदस्य उपस्थित थिए ।कार्यक्रममा क्लबका उपाध्यक्ष राजकुमार थापा, सचिव निलिसा बर्मा, कोषाध्यक्ष कपिल खरेलसहित लक्ष्मी तिमिल्सिना, भुवन थापा, योगेन्द्र थापा, आशिष आचार्य, प्रिन्स गुप्तालगायतको सहभागीता रहेको थियो ।

Leave a Reply