बरियारपुर,नेकपा एमालेका दुई केन्द्रीय सदस्यले सपथ लिएका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा कुन्दन कुशवाह र मोहम्मद समीरले अध्यक्ष केपी शर्मा ओली समक्ष सपथ लिएका हुन् ।

प्रभु साह निकट दुबै हालै मात्र केन्द्रीय सदस्य मनोनित भएका थिए ।

एमालेको केन्द्रीय सद्स्यमा मनोनीत बाराका समीर माओवादीबाट समानुपातिकतर्फ मनोनीत र कुशवाहा रौतहट क्षेत्र नम्बर ३ बाट प्रदेश नम्बर २ मा प्रदेश सभा सदस्य हुनुहुन्थ्यो ।

नेकपा विभाजनपछि एमालेमा लागेकाले माओवादीले उनीहरुमाथि कारबाही गरेको थियो ।

Leave a Reply